दुधैलामा गुणस्तरहीन सडक ढलान भइरहेको भन्दै विरोध

रामशंकर भण्डारी
सप्तरी, १८ चैत । सप्तरीको बलान बिहुल गाउँपालिका–३ दुधैलामा सडक ढलान कार्यमा कमसल समाग्री प्रयोग भइरहेको भन्दै स्थानीय वासिन्दाले विरोध गरेका छन् ।

उनीहरुले ती कार्यमा सुधार नगरिए निर्माण कार्य रोक्ने चेतावनी समेत दिएका हुन् । पूर्वाधार विकास कार्यालय सप्तरीले चालु आर्थिक वर्षमा वडा नम्वर ३ स्थित सुभाष यादव घरदेखि विराजी यादवको घरसम्म सडक ढलान कार्य गराइरहेको छ । तर, सडक निर्माण कार्य गराउँदा ‘होडिङ बोर्ड’ पनि राखिएको छैन् ।

कमसल निर्माण सामग्रीको प्रयोग गरेर अपारदर्शी निर्माण कार्य भइरहेको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका हुन् । ‘कमसल निर्माण सामग्रीको प्रयोग गरेर यहाँ निर्माण कार्य भइरहेको छ’ राजेन्द्र यादवले भने, ‘गुणस्तरहीन ढलान कार्य हामी हुन दिँदैनौं, कार्यालय तत्काल गम्भीर बनोस् ।’

उनकाअनुसार कुल २५ लाख रुपैयाँको लगानीमा सडक ढलान कार्य भइरहेको छ । वडा नम्वर ३ का वडाध्यक्ष राजकिसोर यादवले पनि सो कार्य जानकारी नरहेको बताए । ‘त्यो कार्यबारे हामीलाई जानकारी छैन्, गलत भइरहेको छ भने हुन दिँदैनौं ।’, उनले भने ।

पूर्वाधार विकास कार्यालयका प्रमुख संजिवकुमार साहले गुणस्तरहीन कार्य भइरहेको छ भने त्यसलाई सुधार गर्न लगाइने बताएका छन् । ‘होडिङ बोर्ड पनि राख्न भन्छौं नै, गुणस्तर काम हुन्छ ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780