वीरगञ्जमा दुई समुदायबीचको झडपपछि कर्फ्यु आदेश

पर्सा , ३० चैत । वीरगञ्जमा शनिबार साँझ दुई समुदायबीच भएको झडप उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आज साँझ ६:३० बजेबाट लागू हुने गरी भोलि आइतवार मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन्। आदेश वीरगञ्ज महानगर क्षेत्र र आसपासका स्थानहरूमा लागू हुनेछ।

वीरगञ्जको छपकैयामा हिन्दू समुदायद्वारा भगवान हनुमानको जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थिति तनावग्रस्त बनेको हो। शोभायात्राका केही सहभागीले उच्छृङ्खल व्यवहार गरेको आरोपमा अर्को समुदाय आक्रोशित बनेपछि विवाद झडपमा परिणत भएको थियो।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय प्रशासनले शान्ति-सुरक्षाको लागि कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ। तस्विरः आउटलाइन खबर ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780