उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री

जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउनका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन्।

मधेश प्रदेशसभालाई मङ्गलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवको आधारमा विद्यमान प्रणालीलाई मजबुत बनाउने तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट पारे।
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नका लागि उपयुक्त समयमा संविधान संशोधन गर्ने बताउँदै उनले भने ‘त्यसका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकारबाट राजनीतिक समिति बनाइन्छ, तर ‘प्याण्डोरा बक्स’ खोल्नेजस्तो भने गर्दैनौं ।’ प्रधानमन्त्री ओलीले प्रगतिको मार्ग बन्द गर्नका लागि संविधान संशोधन नगर्ने बताउँदै राजतन्त्र फेरि ल्याउने भन्ने केही तत्वहरु सल्बलाईरहेको चर्चा गरे ।
विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न चाहेको प्रष्ट पार्दै उनले नयाँ पुस्तालाई सचेत बनाउनुपर्ने र आजको सचेत समाजले यस्ता सामन्ती व्यवस्था स्वीकार नगरिने बताए । गणतन्त्र नै देशको वर्तमान र भविष्य भएकोले प्रतिपक्षीहरू पनि विद्यमान व्यवस्थाको पक्षमा हुनु खुशीको कुरा भएको प्रधानमन्त्री ओलीले चर्चा गरे ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको संघर्षको जगमा ल्याइएको र यसलाई व्यवस्थित तथा सुदृढ बनाउनु सबैको कर्तव्य भएको उनले उल्लेख गरे । ‘यो उत्कृष्ट प्रणाली हो, हामीले यसको रक्षा गर्नैपर्छ’ प्रधानमन्त्री ओलीले व्यवस्थामा केही कमजोरी हुन सक्छन् तर सुधार गर्दै जानु पर्नेछ, यसको विकल्प छैन’ उनले थपे ‘अब हामी द्रुत गतिमा अगाडि बढिरहेका छौंं, यो प्रणालीअन्तर्गत सांसदको सपथ लिने व्यक्तिले बाहिर आएर संविधान मान्दिनँ भन्ने अभिव्यक्ति दिनु हुँदैन ।’
प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला फैलाइए पनि भारत र चीनसँग सम्बन्ध सौहार्द्रपूर्ण रहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780