उपराष्ट्रपति यादवले दिए नववर्षको शुभकामना 

काठमाडौं, १ वैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नववर्ष २०८२ को अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, राम्रो स्वास्थ्य र प्रगतिका लागि शुभकामना दिएका छन्।

शुभकामना सन्देशमा उनले नेपालमा विभिन्न जातजाति, धर्म र संस्कृतिका मानिसहरूले आ–आफ्नो परम्परा अनुसार नववर्ष मनाउने चलनले ‘विविधतामा एकता’ झल्काउने बताए। उपराष्ट्रपति यादवले नयाँ वर्षलाई नयाँ सोच, मेलमिलाप, भाइचाराको भावना बढाउने अवसरको रूपमा लिनुपर्ने भन्दै सबैलाई सकारात्मक रहन आग्रह गरे। उनले सतुवाइन, जुडशितल, सिरुवा पावनी, बुङगद्यः न्हंवः, र विस्काः जात्राजस्ता परम्परागत चाडपर्वहरूले देशको सांस्कृतिक पहिचान बलियो बनाउने बताए।संविधानमा उल्लेख भएका अधिकारहरू, स्वतन्त्रता, प्रेस स्वतन्त्रता र न्याय प्रणालीको सम्मान गर्दै, देशको समृद्धि र विकासतर्फ सबै एकजुट भएर लाग्नुपर्ने कुरा उनले बताए।

यस्तै, जलवायु परिवर्तन, वातावरण संरक्षण र प्राकृतिक स्रोतको उपयोगतर्फ पनि सबैले ध्यान दिनुपर्ने सन्देश दिए। उनले नयाँ वर्षले सबैमा आशा, उमंग र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गर्दै राष्ट्रको एकता, अखण्डता र स्वाभिमान जोगाउँदै लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने प्रेरणा मिलोस् भनेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780