प्राधिकरण र काउन्सिलका अध्यक्षद्वारा पदभार ग्रहण

जनकपुरधाम, ८ वैशाख । मधेश प्रदेश सरकारले आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको अध्यक्षमा क्रमशः जितेन्द्र खड्गा र कमल उपाध्यायलाई नियुक्त गरेको छ ।
सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा प्रदेशका गृहमन्त्री राजकुमार लेखीले दुबै अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बाराका उपाध्याय र सप्तरीका खड्ग दुवै सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । प्रदेश सरकारले उनीहरूको अनुभव र दक्षतालाई ध्यानमा राख्दै महत्वपूर्ण जिम्मेवारी सुम्पेकाे हो ।

मुख्यमन्त्री सतीश कुमार सिंहले दुवैजनालाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । नवनियुक्त अध्यक्षद्वयले पत्रकारको हक–हित सुनिश्चित गर्दै सशक्त र उत्तरदायी सञ्चार संरचना निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरु दुवैजनाले सोमबारै आ–आफ्ना कार्यालयमा पद्भार ग्रहण गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780