चन्दनकुमार यादव
राजबिराज, १० बैशाख । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगितामा मिथिला वारियर्सले जनकपुर सनराईजलाई ४ बिकेटले पराजित गर्दै मिथिला फाईनलमा प्रवेश गरेको छ ।
बुधवार भएको पहिलो सेमिफाइनलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य मिथिलाले ६ बिकेट गुमाएर फाईनलको यात्रा तय गरेको हो । टस जितेर जनकपुरले १७ ओभर ३ बलमा सबै बिकेट गुमाएर ८८ रनको योगफल खडा गरेका थिए । जसमा विशाल सुश्लिंगले सर्वाधिक ३४ रन, आरिफ शेख २५ रन बनाएका थिए ।
बलिंग तर्फ मिथिला वारिर्यसका शेर मल्ल ३ बिकेट, कुशल भुर्तेल र नन्दन यादबले समान्य २÷२ बिकेट, र वसन्त खत्रीले १ बिकेट लिएका थिए । जवाफमा मिथिला वारियर्सले १५ ओभर ३ बलमा ६ बिकेट गुमाएर जित हात पार्दै फाईनलमा प्रवेश गरेका छन् ।
टिमलाई फाईनलमा प्रवेश गराउन राष्ट्रिय खेलाडी कुशल भुर्तेलले सार्वधिक २७ रन अर्का राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीले अविजित १९ रन बनाए पछि जित सहज भएको हो । यसैगरी टिमका लागि बसिर अहमदले १४ रन बनाएका थिए ।
बलिंंगतर्फ बिपिन खत्री र फदेह सिद्विकीले २/२ बिकेट र तुुल बहादुर मगरले १ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच राष्ट्रिय खेलाडी कुशल भुर्तेललाई जसपा नेता दिनेश यादव, राजबिराज वडा २ का वडा अध्यक्ष अरूण यादव र युवा नेता लक्ष्मण यादवले संयुक्त रूपमा कप, ५ हजार १ सय को चेक हस्तान्तरण गरेका थिए ।
आजै हुने दोेस्रो बलान र काठमाण्डौ बिचको सेमिफाईनल खेलवाट एउटा टिम फाइनलमा प्रवेश गर्नेछ ।