मधेश प्रिमियर लिगकाे विजेता मिथिला वारियर्स

चन्दनकुमार यादब
राजबिराज, ११ बैशाख । राजबिराजमा संचालित मधेश प्रिमियर लिग क्रिकेट तेस्राे संस्करण प्रतियाेगिताकाे उपाधी मिथिला वारिर्यसले जितेकाे छ।

बिहिवार स्थानिय पविमाबि खेलमैैदानमा मिथिला वारियर्स र बलानबिहुल बिच भएकाे फाईनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई ५ बिकेटले पराजित गर्दै मिथिला उपाधी माथि कब्जा जमाएकाे हाे।

बिहिवार मधेश प्रदेश सरकारकाे सहयाेगमा संचालित प्रतियाेगिताकाे फाईनल खेलमा टस जितेर बलान बिहुलले १९ अाेभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ५३ रनकाे याेगफल खडा गरेका थिए।

जसमा राष्ट्रिय खेलाडी बिवेक यादबले २ चाैका र ४ छक्काकाे मदतले सर्वाधिक ४५ रन, लाेकेश बमले ४१ रन, सुजन थपलियाले २८ रन, फिर्दाेष अन्सारी १५ रन बनाएका थिए।

बलिंग तर्फ मिथिला वारियर्सका वसन्त खत्री ३ बिकेट तथा शेर मल्ल र कुुशल भुर्तेल २/२ बिकेट र नन्दन यादबले १ बिकेट हात पारेका थिए।

जवाफमा १ सय ५४ रनकाे लक्ष्य लिई मैदानमा अाेर्लेका मिथिला वारियर्सले १८ अाेभर ३ बलमा ५ बिकेट गुमाएर जित हात पार्दै उपाधी जितेका छन। जसमा राष्ट्रिय खेलाडी कुशल भुर्तेलकाे उत्कृष्ट ब्याटिंग गर्दै सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेकाे थियाे।

यसैगरी अर्का ब्याटर रबि साह ४४ रन बसिर अहमद २५ रन बनाएका थिए। बलिंग तर्फ बिवेक यादब र अरनिकाे यादब ले २/२ बिकेट लिएका थिए।फाइनल प्लेयर अफ दि म्याच कुशल भुर्तेल घाेषित भएकाे छ।

प्रतियाेगिताकाे प्लेयर अफ दि सिरिज विशाल पटेल( जनकपुर सनराईज) बेस्ट ब्याटर अाशिष शेख( जनकपुर सनराईज) बेस्ट बलर शेर मल्ल( मिथिला वारियर्स) लाई घाेषित भएकाे अायाेजक समितिका अध्यक्ष ईन्जिनियर संजिव नारायण यादबले जानकारी दिए।

उक्त अवसरमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिँह, मिथिला प्रिमियर लिगका अध्यक्ष ई संजिव नारायण यादब, नेपाल क्रिकेट सँघका केन्द्रीय सदस्य आयुष श्रेष्ठ लगायतले शिल्ड, कप, प्रमाणपत्र तथा बिजेतालाई ९ लाख १ हजार उपबिजेतालाई ४ लाख १ हजार पुरस्कारवाट सम्मान गरेकाे छ।

Author:



क्याटोगरी छान्‍नुहोस