वृहतर जनकपुरका अध्यक्ष साहविरुद्ध किर्ते र जालसाजीको अभियोगमा पक्राउ पुर्जी

जनकपुरधाम, १२ जेठ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहविरुद्ध किर्ते र जालसाजीको अभियोगमा धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासमानको नक्कली हस्ताक्षर प्रयोग गरी कर्मचारी हटाउने निर्णयसम्बन्धी पत्र उच्च अदालत जनकपुरमा पेश गरेको अभियोगमा साहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

कार्यकारी निर्देशक पासमानले उक्त पत्रमा आफूले हस्ताक्षर नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। प्रहरी स्रोतका अनुसार सो दस्तावेजको हस्ताक्षर विधि विज्ञान प्रयोगशालामा परीक्षण गराइएको थियो। परीक्षणको नतिजाले हस्ताक्षर किर्ते भएको पुष्टि भएपछि जिल्ला अदालत धनुषाले साहलाई पक्राउ गर्न आदेश दिएको हो।

प्रहरीका अनुसार अध्यक्ष साहले परिषद्को प्रशासनिक अधिकार दुरुपयोग गर्दै कार्यकारी निर्देशकको नाममा झूठो कागजात तयार पारेर अदालतमा बुझाएका थिए। सो घटनाले सरकारी कागजातको गलत प्रयोग तथा पदाधिकारीहरूद्वारा गरिने अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस