सप्तरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किॅंदा दुई युवकको मृत्यु

राजविराज-सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा शनिबार दिउँसो सडक दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।

हुलाकी सडक खण्डमा इट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्याक्टर र राजविराजबाट जाँदै गरेको म.प्र.०२-०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार तीन जना युवकमध्ये दुई जनाको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउॅंदैगर्दा मृत्यु भएको छ ।

मृतक दुवै जनाको पहिचान हुन सकेको छैन् । दुर्घटनामा २० वर्षिय युवक गम्भिर घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पाताल राजविराजमा उपचार भइरहेको छ भने दुर्घटनापछि  फरार भएका ट्याक्टर चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780