बसको ठक्करबाट एक वृद्धको मृत्यु

राजविराज, २४ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चौकमा शनिबार बिहान बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४५६० नम्बरको बसले सोही दिशामा साइकलमा सवार ६८ वर्षीय स्थानीय बुदुर चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि लडेका चौधरीलाई बसले करिब ५० मिटरसम्म घिसार्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।बिहान करिब ६ बजे चौधरी धानखेततर्फ जाँदै गर्दा बसले ठक्कर दिएको हो।

दुर्घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। बस र चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस