सेनाको हेलिकोप्टरबाट ६ मृतकको शव विभिन्न जिल्ला पुर्‍याइयो

काठमाडौं । जेन–जी युवा पुस्ताद्वारा भाद्र २३ र २४ गते आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाएका ६ जनाको शव अन्तिम संस्कारका लागि आज नेपाली सेनाको हवाई साधनमार्फत विभिन्न जिल्लामा लगिएको छ।

सेनाको हेलिकोप्टरमार्फत शवहरू सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लामा पुर्‍याइएको हो। प्रदर्शनका क्रममा मृत्यु भएका ती व्यक्तिहरूको परिवारजनको उपस्थिति र सुरक्षाकर्मीको व्यवस्थापनबीच अन्तिम संस्कारका लागि शव घर जिल्ला लगिएको सरकारी स्रोतले जानकारी दिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस