खाना अपचको कारण र कब्जियतमा आयुर्वेद उपचार

डा. सुषमा साउद

खाना अपच के कारणले हुन्छ ? साथै अजिर्ण र कब्जियतको पनि आयुर्वेदमा उपचार के हुन सक्छ ?-अजीर्ण अर्थात् खाना राम्रोसँग नपच्नुलाई अग्निको कार्यमा आएको असन्तुलनलाई मानिन्छ ।

आवश्यकता र पाचनक्षमताभन्दा बढी खानु, अघिल्लो खाना नपच्दै फेरि खानु, धेरै चिल्लो–भुटेको खाना, अनियमित समयमा भोजन गर्नु, शारीरिक सक्रियता कम हुनु तथा तनावजस्ता कारणले यस्तो समस्या बढ्ने गर्छ ।आधुनिक चिकित्सामा पनि अपचका कारण धेरै हुन सक्छन-functional dyspepsia देखि H. pylori, peptic ulcer तथा केही औषधिसम्म ।

अजीर्ण हुँदा केही समय हल्का र सजिलै पच्ने खाना, नियमित समयमा र भोकअनुसार भोजन गर्नु राम्रो हुन्छ । धेरै चिल्लो, तारेको र आफूलाई अपच बढाउने खानेकुरा घटाउनुहोस । आयुर्वेदमा रोगीको अवस्था हेरेर दीपन-पाचन सिद्धान्तअनुसार उपचार गरिन्छ । औषधि भने व्यक्तिको प्रकृति, लक्षण र कारण हेरेर चिकित्सकले निर्धारण गर्नुपर्छ ।

कब्जियतमा पर्याप्त पानी, सागसब्जी, फलफूल, साबुत अन्नजस्ता फाइबरयुक्त खाना र नियमित शारीरिक गतिविधि उपयोगी मानिन्छ । आयुर्वेदमा कब्जियतलाई एउटै कारणबाट भएको मानेर सबैलाई एउटै औषधि दिइँदैन । त्यसैले त्रिफला वा अन्य औषधि पनि जथाभावी लामो समय प्रयोग नगरी चिकित्सकीय सल्लाहमा लिनु राम्रो हुन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस