चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट तीन शव र मानव अंग बरामद

काठमाडौँ । चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार तीन वटा शव र एक मानव अंग फेला परेको छ ।

नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरणका जनशक्ति तथा भारतीय सेनासहितको खोज तथा उद्धार टोलीले शव बरामद गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् केन्द्र परिसरका भवन तथा पर्खाल बगाउनुका साथै सुरुङसमेत बन्द भएको थियो । त्यसपछि नेपाली सेनाको नेतृत्वमा उद्धार टोलीले सुरुङभित्र खोजी कार्य जारी राखेको छ ।

बाढी आएको दिन बिहानको सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसहित ६ जना कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार सुरुङभित्र फसेका कर्मचारीको उद्धारका लागि नेपाली सेना सकेसम्म छिटो सुरुङमा प्रवेश गर्ने तयारीमा छ । उद्धार कार्यमा सहयोग गर्न सदरमुकाम धुन्चेमा एउटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

यसैबीच, सुरक्षा टोलीले माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलबाट थप पाँच जनाको शव बरामद गरेको छ । उत्तरगया–१ दलदुङस्थित नदीबाट करिब ८ सय मिटरभित्र रहेको सुरुङबाट पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। Image Source: Social Media

Author:



क्याटोगरी छान्‍नुहोस