थाइल्याण्डको बैंककमा सम्पन्न प्रतियोगितामा मिस वेलनेस वर्ल्डको उपाधी चुम्न सफल जनकपुरधामकी सान्वी मण्डलले फोटो शुटका आकर्षक तस्विर सार्वजनिक गरेकी छिन् ।
मिस वेलनेस वल्र्डको उपाधी पश्चात खुशीयालीका केही तस्विरहरु आइतबार आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । २२ वर्षिया सान्वी काठमाण्डौमा एमबीएमा अध्ययनरत छिन् । कमर्श क्याम्पसबाट बीबीए, ट्रिनिटी कलेजबाट ११ र १२ तथा जनकपुरधाम स्थित सिद्धार्थ सेकेण्ड्रीबाट एसईई उतीर्ण गरेकी थिइन् । तस्विर सान्वी मण्डलको फेसबुकबाट ।
