राजविराज–वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
जसअनुसार सुडीको सम्पत्ति विवरणमा १२ बोरको राइफल बन्दुकसमेत उल्लेख रहेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन मन्त्री सुडीको नाममा रहेको छ ।
त्यस्तै, ७ ठाउँमा जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, मन्त्री सुडीको विभिन्न बैंकमा ४१ लाख १ हजारभन्दा बढी नगद देखिएको छ ।
त्यस्तै, श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर रहेको छ भने छोरा शैलेशकुमार साहको नाममा एउटा घर रहेको छ ।
श्रीमतीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ । विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ । उनका छोरा सुमितकुमारसँग पनि ३५ तोला सुन छ ।
त्यस्तै बुहारीहरु माधवी भारतीसँग २२ तोला सुन र ३३९ ग्राम चाँदी, शालिनी देवीसँग १७ तोला र २७० ग्राम चाँदी र मंजु साहसँग २८ तोला सुन र १७० ग्राम चाँदी छ ।
बुहारीहरुले पनि विवाहको बेला ससुराली र बुवाआमाबाट उपहार पाएको उल्लेख गरिएको छ । त्यस्तै, बुहारी मंजुको नाममा धनुषाको क्षिरेश्वर नगरपालिका–१ स्थित जानकी फन पार्कमा १ करोड ३५ लाख रुपैयाँको २५ प्रतिशत शेयर रहेको जनाएको छ ।
-किशोर-शाह-सुडी-1716286756