खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ

काठमाडौँ-धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई खानेपानीको समस्याको समाधानका लागि मंगलबार सिंहदरबार पुगेका छन् ।

उनी रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका थिए । तर उनले बोकेको गाग्री भने प्रहरीले खोसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई रित्तो गाग्री बुझाउने भन्दै उनी हिजो काठमाडौं पुगेका थिए ।

मंगलवार बिहान ११ बजेपछि उनी खानेपानी मन्त्रालयमा छिरेका हुन् । संघीय सरकारले धरानमा खानेपानी समस्या समाधानका लागि पहल गर्नुपर्ने उनको माग छ ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आज १० बजे आसपासमा सिंहदरबार छिर्ने विचार छ ! खानेपानीमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा गाग्रीसहित जानेछु ! केन्द्रले धरानलाई विभेद नगरी सप्तकोशीको पानी ल्याउने योजनाको ठेक्का यही वर्षमा लगाइदिन परो भन्ने माग हो !

रित्तो गाग्री लिएर साम्पाङ सिंहदरबार पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । खानेपानीको मुद्दालाई लिएर चुनाव जितेका साम्पाङले धरानमा जन श्रमदानबाट खानेपानीको वैकल्पिक व्यवस्था गरेका छन् । तर, त्यो पर्याप्त भने छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780