प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस