राजविराज, १६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सप्तरीका एक २४ वर्षीय युवकको मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारार्थ भर्ना रहेका अग्निसाइर कृष्णासवर गाउँपालिका–५ का युवकको विहिवार विहान मृत्यु भएको हो ।
वैशाख ९ गते संक्रमण पुष्टि पुष्टि भएपछि उनलाई १३ गते प्रतिष्ठानस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहका विरामी समेत रहेका युवकको उपचारकै क्रममा विहान सवा १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
युवकको शव दाहसंस्कारको लागि ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाले बताए ।