उपेन्द्र पक्षको बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको दाबी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्य उपस्थित रहेको दाबी गरिएको छ ।

समितिमा ५१ जना सदस्यहरु छन् । कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईका अनुसार बैठकमा २८ जना सदस्यहरु उपस्थित भएका छन् ।

पार्टी कार्यालयमा बालकुमारीमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको राईले मधेशलाइभलाई जानकारी दिए । उता, अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यसअघिसम्म बहुमत सदस्य आफुहरुसँग रहेको दावी गर्दै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780