प्रदेश २ : कोरोना बाट एक स्वास्थ्यकर्मीसहित ३ को मृत्यु

जनकपुरधाम । रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् ।

कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए ।

त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो ।

यसैगरी कोरोनाकै कारण चन्द्रपुरका ४० बर्षिय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगंजमा मृत्यु भएको सिडियो यादवले बताए ।

यसका साथै रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस