घरको छतबाट लडेर ५१ वर्षीया महिलाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बरहथवा नगरपालिका वडा नं. ५ बरहथवाकी ५१ वर्षीया गीता थापा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

थापा शनिबार विहान आफ्नै तीन तल्ले घरको छतमा लुगा सुकाउने क्रममा छतबाट भुइँमा खसेकी थिइन्।

छतबाट खसेर गम्भीर घाइते भएकी थापालाई उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

Author:



क्याटोगरी छान्‍नुहोस