पछिल्लो २४ घण्टामा ८१६७ जनामा कोरोना पुष्टि

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।

आज १७ हजार ९७१ जनाको पीसीआर गर्दा ८ हजार ४६ जनामा कोरोना पुष्टि भएको छ भने १२१ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । आज देशभर १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

नेपालमा थप १८७ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । सेनाले शव व्यवस्थापन गरेको तथ्यांकका आधारमा सो संख्यामा संक्रमितको मृत्यु भएको हो । योसँग नेपाल संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस