सप्तरीमा अक्सिजन प्लान्ट निर्माण गरिने

राजविराज, १ जेठ । सप्तरीमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । शनिवार जिल्ला समन्वय समितिमा बसेको बैठकबाट सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न पहल सुरु भएको हो ।

बैठकबाट अक्सिजन प्लान्ट निर्माण गर्नको लागि सो अस्पताललाई कोभिड–१९ राहत तथा विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट पछि सोध भर्ना हुने गरी ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेको बैठकमा बढ्दो कोभिड–१९ को संक्रमणलाई नियन्त्रण तथा संक्रमित विरामीको प्रभावकारी उपचारको लागि सोसहित अन्य निर्णयहरु भएको छ ।

नेपाल सरकारले घोषणा गरेको ५, १० र १५ बेडको अस्पताल कुन अवस्थामा रहेको बारे जानकारी जिल्ला संकट व्यवस्थापन केन्द्रलाई गराउने, स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयार नगरेको भए अविलम्ब तयार गर्ने निर्णय भएको बैठकका सहभागी स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यसैगरी नेपाल सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकोले अस्पतालमा भर्ना भएका विरामीलाई १० दिनको उपचारपछि ३ दिनसम्म कुनै लक्षण नदेखिएमा पिसिआर नगरी एक साता होम आइसोलेसनमा बस्ने सर्तमा घर पठाउने व्यवस्था अस्पतालले मिलाउने, आइसोलेसनमा १४ दिनसम्म बसिसकेकालाई दोश्रो पिसिआर नगराइ होम आइसालेनमा पठाउने सहितका निर्णयहरु भएको उनले मधेशलाइभलाई बताए ।

बैठकमा स्थानीय तहकका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सरोकारबाला निकायका पदाधिकारी लगायतको उपस्थिती थियो ।

सप्तरीमा यो समाचार तयार पर्दासम्म २५ सय ६० जना संक्रमित भइसकेका छन् । संक्रमणबाट अहिलेसम्म ६३ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780