महतोलाई दलका नेता नमान्ने उपेन्द्र पक्षको निर्णय

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले नयाँ सरकार गठनको प्रयास भइरहेका बेला सांसदहरूलाई भक्तपुरको रिसोर्टमा थुनिएकोप्रति आपत्ति जनाएको छ ।

जसपा कार्यकारिणी सदस्य तथा सांसद रामसहाय यादवले उपलब्ध कार्यकारिणी सदस्यको अनौपचारिक बैठकबाट सांसदलाई थुनिएको घटनाको घोर भर्त्सना गर्ने निर्णय भएको मधेश लाईभलाई जानकारी दिए ।

शनिवार उपेन्द्र पक्षले पार्टी कार्यालय बालकुमारीमा उपलब्ध कार्यकारिणी सदस्यको बैठक गरेको छ । बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेको भनेर गरिएको प्रचारलाई विधान विपरीत ठहर गरेको छ ।

‘त्यो निर्णय पार्टी र संसदीय दलको विधान विपरीत रहेको छ, यसबारे कुनै निर्णय नभएको भनेर संसद सचिवालयलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ यादवले मधेश लाईभसँग भने ।

बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको सदस्य मोहम्मद ईश्तियाक राईले जानकारी दिए ।

बैठकपछि केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दलको नेता नचुनिएको बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस