कम्युनिस्ट आन्दोलनको आदर्श, माधवले भने– आफुले गरेको काम मात्रै राम्रो हुने ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ ।  पहिलो दिनको बैठकमा छलफलका एजेण्डा अनुमोदन भएसँगै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर शुक्रबार बस्नेगरी बैठक स्थगित भएको छ ।

बैठकमा विगतमा जस्तो राजनीतिक प्रतिवेदन पेश भएन । मौखिक रुपमा सम्बोधन गरेका दुवै अध्यक्षले पार्टी र सरकारका बारेमा केन्द्रीत भएर धारणा राखेका थिए ।

प्रचण्डभन्दा अगाडि सम्बोधन गरेका ओलीले सरकारलाई पार्टीले अपेक्षित सहयोग नगरेको गुनासो गरे भने प्रचण्डले सरकार एक्लै हिँड्न खोज्दा समस्या भएको टिप्पणी गरे । ओलीले पार्टीले सरकारलाई सहयोग र समर्थन गर्नुको साटो प्रतिपक्षको जस्तो व्यवहार गरेर घेरावन्दीमा पार्ने प्रयास भएको गुनासो गरे ।

ओली र प्रचण्ड दुवैले घुमाउरो शैलीमा एकले अर्कोलाई सहयोग नगरेको र पार्टी एकता नै संकटमा पर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । दुवै नेताले कमजोरी केलाउँदै र सच्याउँदै अघि बढ्नुको विकल्प नभएको पनि स्मरण गराएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस