चीनले नेपालसहित तीन देशलाई प्रवेश अनुमती र कोरोना भ्याक्सिन उपलब्ध गराउने

राजविराज । चीन सरकारले नेपाल लगायत तीन ओटा देशका नागरिकलाई आफ्नो देश प्रवेशको अनुमती तथा कोरोना भाइरसको भ्याक्सिन समेत दिने प्रतिवद्धता जनाएको छ ।

समाचार एजेन्सीका अनुसार चिनका विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले पत्रकार सम्मेलन मार्फत उक्त विषयबारे जानकारी दिएका हुन् । चीनले नेपाल, पाकिस्तान र अफगानस्तानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने र कोरोना भ्याक्सिन समेत उपलब्ध गराउने सहमति भएको खुलासा गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले सोमवार उक्त विषयमा अनलाइन छलफल गरेको थियो । उक्त छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्रीको सहभागिता रहेको थियो । उक्त छलफलमा कोरोना भाइरस (कोभिड १९ )को महामारीबारे छलफल तथा यसबाट कसरी लड्नेबारे सहमती भएको लडवार्ताका क्रममा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध मिलेर लड्ने सहमति भएको प्रवक्ता चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले बताएका छन् ।

कोरोनाको भ्याक्सिन तीन वटा देशले सहज रुपमा पाउने विषयमा सहमति भएको जनाईएको छ । अब चीनले निर्माण गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानस्तानले सहज रुपमा पाउने समाचार एजेन्सीले जनाएको छ । छलफलमा सहभागी मन्त्रीहरुले भाइरसलाई जित्न आपसी एकता र सहयोग आवश्यक रहेको ठहर गरेको रेडियो एनआरएनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस