घरमै बसेर इद उल अज्हा मनाउन मुस्लिम आयोगको आग्रह

राजविराज । मुस्लिम आयोगले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै घरमै बसेर इद उल अज्हा (ईद) मनाउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत ईदको शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन् । ‘ईद उल अज्हा (ईद) संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड हो। विश्वभरिका मुस्लिम समुदायले मनाउने महान चाड इद उल अन्हा मिति २०७७।४।१७ गतेका दिन नेपालभरि मनाउने भएकोले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनीहरुमा हार्दिक शुभकाना व्यक्त गर्दछु’ विज्ञप्तिमा भनिएको छ, ‘मस्जिदका पदाधिकारीहरुको सल्लाह बमोजिम अन्य सवै आ आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इल उज अज्हा (ईद) मनाउन सम्वन्धित सवैमा अनुरोध गर्दछु।’

 

 

Author:



क्याटोगरी छान्‍नुहोस