कोरोना संक्रमणबाट एकै दिन ४ जनाले ज्यान गुमाए, मृतकको संख्या ५६ पुग्यो

जनकपुरधाम, १६ साउन । कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट नेपालमा एकैदिन ४ जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरकास्थित गण्डक अस्थायी कोरोना अस्पतालमा ३ र पाटन अस्पताल ललितपुरमा एक गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको विहिवार (साउन १५ गते) मृत्यु भएको हो । यसैगरी, वीरगञ्ज महानगरपालिका—१६ का ३५ वर्षीय पुरुषको पनि विहिवारै (साउन १५ गते) गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

वीरगञ्ज—२ का ६५ वर्षीय अर्का पुरुषको पनि विहिरवार (साउन १५) नै कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यसैगरी, वीरगञ्ज ११ स्थायी घर भई ललितपुरको थसिखेल–५ की महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ जना पुगेको प्रवक्ता डा. गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस