प्रहरी सहायक निरीक्षक यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

जनकपुरधाम, १६ साउन । घुस लिँदै गर्दा पक्राउ परेका सर्लाहीस्थित प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक (सई) राम विश्वास राय यादवमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो । सई यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनकोलागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको तथा घुस रकम लिँदै गर्दा आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रण लिएको थियो ।

अनुसन्धानको क्रममा पनि सई यादवले घुस लिएको तथ्य पुष्टि भएपछि उनीमाथि मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको भ्रष्टाचार जन्य कसुर गरेकाले उनीमाथि ५ हजार रुपैयाँ विगो तथा सोही दफाको उपदफा (१) खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस