राजविराजका थप २ युवकमा संक्रमण पुष्टि, सप्तरीमा संक्रमितको संख्या ४७३ पुग्यो

राजविराज । सप्तरीमा शुक्रवार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार शुक्रवार थपिएका दुवै युवक राजविराज नगरपालिकाकै हुन् ।

वडा नम्वर वडा ७ का २७ वर्षीय र वडा नम्वर ८ का २४ वर्षीय अर्का युवकमा संक्रमण पुष्टि भएको प्रमुख दुनीयालाल यादवले जानकारी दिए । योसँगै सप्तरीमा संक्रमितको संख्या ४ सय ७३ जना पुगेको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस