मास्क प्रयोग नगर्ने दुई लाख व्यक्ति कारवाहीमा परे

जनकपुरधाम । सरकारले मास्क प्रयोग नगरी बाँहिर हिँडडुल गर्ने २ लाख जनालाई कारबाही गरेको छ । शुक्रबारसम्म मास्क प्रयोग नगरी बाँहिर हिँडडुल गर्ने २ लाख जनालाई कारबाही गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना रोकथाम तथा नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ । सो नियन उल्लघंन गरी मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैंया जरिवाना लिने गरिएको छ ।

मन्त्रालयले अनिवार्य मास्कको प्रयोग गर्न सवैमा अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस