सप्तरीमा ७ जना नयाँ संक्रमित थपिए

राजविराज, ०८ श्रावण। सप्तरीमा विहिवार थप ७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । बोदे बरसाईन र सप्तकोशी नगपालिका, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै सप्तरीमा संक्रमितको संख्या ४ सय ११ जना पुगेको छ भने २ सय ८६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । उनका अनुसार बोदे बरसाईनमा २, सप्तकोशीमा ३, तिलाठी कोइलाडीमा १ र महादेवामा १ गरी ७ जनामा संक्रमण देखिएको हो । ‘संक्रमितहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ’ उनले भने–‘अन्यतिर पनि स्वाब संकलन कार्य जारी पनि छ।’

Author:



क्याटोगरी छान्‍नुहोस