सहज परियोजना अन्तर्गत बैठकको आयोजना

बोदे बरसाईन, १४ साउन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा सहज परियोजना सल्लाहकार समितिले बैठकको आयोजना गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि बस्न नसकेको बैठक वडा नं.५ मा बैठकको आयोजना गरिएको हो ।

युकेएडको आर्थिक सहयोग तथा भिएसओ र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहान–६, सिरहाद्वारा संचालित परियोजना अन्तर्गत सो नगरपालिकाका समुदायिक विद्यालयको क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

वडा नं.५ वडा अध्यक्ष मो. मजिबुर रहमानको अध्यक्षतामा आयोजित बैठकमा भिएसओ नेपालका सुनिल कुमार साह, ईन्टरनेशनल अलर्ट वरिष्ठ कार्यक्रम अधिकृत महेन्द्र महतो, परियोजनाका व्यवस्थापक कृष्णकुमार साह, समग्र जन उत्थान केन्द्र कार्यक्रम अधिकृत रामभरोसी महतो, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रहरी सहायक निरीक्षक राजकुमार दास, संचारकर्मी उमेशकुमार साह, समाजिक परिचालक लोकेन्द्र प्रसाद यादव उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस