देशभरमा २४ घण्टाभित्र ९३ जना कोरोनामुक्त भएर घर फर्किए

जनकपुरधाम । नेपालभरमा शनिवार थप ३ सय १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नयाँ संक्रमित थपिएको विषयमा पुष्टि गरेको छ। योसँगै देशभरमा संक्रमितको संख्या २० हजार ८६ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका हाल देशभर ५ हजार ३ सय ३८ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको थियो। यसैगरी, २४ घण्टाको अवधिमा ९३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या १४ हजार ४ सय ९२ जना पुगेका छन ।

शनिवारसम्म नेपालमा ५६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस