सप्तरीमा २४ जना काेराेना संक्रमित थपिए [कहाँका कति?]

राजविराज, १७ साउन । सप्तरीमा थप २४ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितकाे संख्या ४९७ जना पुगेको स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।

पछिल्लो पटक शनिवार साँझ राजविराज र हनुमाननगर नगरपालिका तथा तिरहुत र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका गरी २४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिए।

`शनिबार राजविराज वडा नं. २, ४, ५, ६, ७, ८ र वडा नं. १४ का १८ जना, हनुमाननगर वडा नं. ४ का ३ जना, तिरहुत वडा नं. २ का २ जना र अग्निसाइर कृष्णासवरण वडा नं. २ का १ जना गरी कुल २४ जना नयाँ संक्रमित थपिएका छन, प्रमुख यादवले मधेश लाइभलाई भने ।´

Author:



क्याटोगरी छान्‍नुहोस