प्रदेश सरकारद्वारा रक्षाबन्धनसहितका पर्वमा सार्वजनिक विदा

राजविराज, १८ साउन । प्रदेश २ सरकारको मन्त्री परिषद्को बैठकले विभिन्न चाडपर्वमा वर्षभरीमा पाँच दिन थप सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गत साउन १० गते मधेश भवनमा सम्पन्न मन्त्री परिषद्को बैठकमा पेश भई तराई मधेशमा मनाईने महत्वपूर्ण पर्वहरुमा विदा निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव अर्जन प्रसाद पोखरेलद्वारा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रेषित पत्र अनुसार ऋषी तर्पर्ण, जनै पूर्णमा (रक्षाबन्धन)को साउन १९ गते, कृष्णा जन्माष्टमी साउन २७ गते विदा दिने निर्णय भएको छ ।

यसैगरी विवाहपञ्चमी (सीताराम विवाहोत्सव) पुस ४ गते पैगम्बर मोहम्मदको जन्मदिन(पछि यकिन गरिने), मधेश आन्दोलनको स्मृति दिवस माघ ५ गते र तराई होली पर्व (फागु पूर्णिमा) चैत्र १७ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाईएको छ । मन्त्री परिषद्को उक्त निर्णयलाई प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ को नियम २३ (१) बमोजिम कार्यान्वयन गराउन अनुरोध गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस