अयोध्यामा राम मन्दिरको भव्य भूमी पूजन एवम् शिलान्यास

एजेन्सी । विश्वमै वहुप्रतिक्षित भारतको अयोध्यामा राम मन्दिरको भूमी पूजन एवम् शिलान्यास भव्य समारोहका बीच बुधबार गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको विधिपूर्व हिन्दू परम्परा अनुसार पूजन गर्दै शिलान्यास गरेका हुन् । विधिवत पूजन पश्चात प्रधानमन्त्री मोदीले मन्दिरको आधारशिला समेत राखेका छन् । केही महिना अघि भारतको सुप्रीम कोर्टले दशकौंदेखिको विवादित राम मन्दिरको मुद्दालाई टुङ्गो लगाउँदै राम मन्दिर निर्माणको बाटो खुल्ला गरेको थियो ।

मन्दिरको भूमि पूजन एवम् शिलान्यास समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, आरएसएसका प्रमुख मोहन भागवत सहित अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो । उक्त समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आज श्रीरामको यो जयघोष मात्र सियारामको धर्तीमा मात्र नभई में सारा विश्वमा गुञ्जायमान भईरहेको बताए ।

सियारामको गुञ्जनले विश्वमा छरिएर रहेका करोड़ौं रामभक्तहरुको भावना उचो बनाएको भन्दै उनले सबैलाई बधाई एवम् शुभकामना दिए । प्रधानमन्त्री मोदीले जय सियारामको नारा लगाउँदै आयोजक श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट परिवारलाई धन्यवाद दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस