देशभरमा २४ घण्टामा ६४१ नयाँ कोरोना संक्रमित थपिए, १३४ निको भएर घर फर्किए

जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा ६४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै हालसम्म संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३४ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै १७ हजार ३३५ जना कोरोनामुक्त भएर घर फर्किएका छन भने देशभर ९ हजार २२१ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएसँगै मृतकको १०४ जनाको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस