सप्तरीमा आइतवार पनि ६ जना कोरोना संक्रमित थपिए

राजविराज, ३२ साउन । सप्तरीमा आइतवार थप ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार छिन्नमस्ता गाउँपालिकाका ५ तथा धनुषास्थित जनकपुरका एक जनामा संक्रमण पुष्टि भएको हो । छिन्नमस्ता गाउँपालिका वडा नम्वर ४ का १०, ३० र ५२ वर्षीय पुरुष तथा १८ र ४५ वर्षीय महिला संक्रमित देखिएका छन् ।

यसैगरी, सप्तरीमा कार्यरत धनुषास्थित जनकपुर–४ का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए । योसँगै सप्तरीमा संक्रमितको संख्या ६७१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस