पेट्रोलियम पदार्थको मुल्य बढ्यो

जनकपुरधाम । नेपाल आयल निगमले आइतवार मध्य रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १–१ रुपैंयाको दरले बढाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ भने खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ । यद्यपी, सीमावर्ती भारतीय बजार रक्सौलभन्दा वीरगञ्जमा पेट्रोल ३०.७१ रुपैंया र डिजेल ३७.२७ रुपैंया सस्तो रहेको निगमले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस