प्रदेश २ मा कोरोनाबाट थप दुईको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश २ मा आइतबार थप दुई जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–१६ सुगौलीका ४७ वर्षीय पुरुष र धनुषाको जनकपुरधाम उपमहानगरपालिका –१६ घर भएका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै प्रदेशमा मृतकको संख्या ४५ जना पुगेको छ।

यसैगरी, प्रदेशमा आइतवार पनि १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार धनुषामा ८ महिलासहित ३२ जना, महोत्तरीमा १ महिलासहित ७ जना, बारामा २ महिलासहित ६ जना, पर्सामा १५ महिलासहित ६६ जना, सर्लाहीमा ६ महिलासहित १२ जना तथा रौतहटमा ११ महिलासमेत २१ जना संक्रमित देखिएका छन् ।

हालसम्म प्रदेशमा संक्रमितको संख्या ६ हजार ९६५ पुगेको छ भने ३ हजार ६८७ जना निको भएर घर फर्किएका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस