भदौ १५ गतेसम्म सिरहामा लकडाउन

जनकपुरधाम, १ भदौ । सिरहा जिल्लामा आजबाट बन्दाबन्दी (लकडाउन) भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ १५ गतेसम्मकालागि लकडाउन गरेको हो ।

कोरोना भाइरस नियन्त्रणकालागि जिल्लास्तरीय सुरक्षा समितिको सिफारिसमा गए राति १२ बजेदेखि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उनले लकडाउनलाई कडाइकासाथ पालना गर्न–गराउन स्थानीय तहहरुलाई अनुरोध समेत गरे ।

साथै अत्यावश्यक सेवाहरु सहजीकरण गर्न पनि प्रमुख जिल्ला अधिकारी स्थानीय सरकारसँग आग्रह गरे । सिरहामा यसअघि पहिलो चरणमा गत साउन २३ देखि ३२ गतेसम्म लकडाउन गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस