पर्सामा नगर प्रमख, मेडिकल सुपरिन्टेन्डेन्टसहित ३३ कोरोना संक्रमित थपिए

जनकपुरधाम । पर्सामा नगर प्रमख, मेडिकल सुपरिन्टेन्डेन्ट र वडाध्यक्षसहित थप ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण रौनियार, पोखरिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काभ्रेको धुलिखेलस्थित प्रयोगशालाबाट आएको रिजोर्टमा उनीहरु पोजेटिभ नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

उनकाअनुसार गत साउन २६ गते ३४ जनाको स्वाब संकलन गरी परीक्षणकोलागि पठाइएको थियो । जसमा आइतवार साँझ ३३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

नगर प्रमुख, मेडिकल सुपरिन्टेन्डेन्टसहित वडाध्यक्ष, दुई जना चिकित्सक, चार जना स्वास्थ्यकर्मी र एक जना सञ्चारकर्मी पनि संक्रमित थपिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस