कोरोना संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु, ८८५ संक्रमित थपिए

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

यसैगरी, कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय ुरुषको मृत्यु भएको छ ।

८८५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसैगरी, २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् ।

जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यसैगरी, प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी बधुवारसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको उनले जानकारी दिए । देशभर सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस