मानव अधिकार एवम् सञ्चारकर्मी सिंह कोरोना मुक्त

राजविराज । मानव अधिकार एवम् सञ्चारकर्मी जंगबहादुर सिंहको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । छोरा राजहंश सिंहसहित बुधवार उनको रिपोर्ट नेगेटिभ आएको हो । गत साउत १४ गते भारतबाट घर फर्किएका उनका छोरामा कोरोना संक्रमण देखिएको थियो ।

सोपछि मानव अधिकार एवम् सञ्चारकर्मी सिंहले पनि साउन १७ गते गराएको परीक्षणको रिपोर्ट पोजेटिभ नै आएको थियो । होम आइसोलेसनमा बस्दै आएका सिंहको तेश्रो पटक गराएको परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको सेकडिहुरफ र नियोक सप्तरीका अध्यक्ष तथा करेन्ट पोस्ट साप्ताहिकका सम्पादक समेत रहेका मानव अधिकार एवम् सञ्चारकर्मी सिंहले बताए ।

यस्तो छ सिंहको अनुभवः

संक्रमित भएपछि लक्षण केही भने नदेखिएको उनले बताए । ‘रिपोर्ट हेरेपछि मात्रै थाहा हुन्थ्यो कि कोरोना संक्रमित हो, बाँकी केही त्यस्तो लक्षण थिएन्’ उनी भन्छन्–‘संक्रमित भएपछि धेरैबाट सहयोग र सहानुभति नै पाए । तर, केहीले कुराबाट नै चित्त दुखाए पनि ।’

उनले संक्रमितलाई मनोबल बढाउने खालका कुरा गर्नुपर्नेमा केहीले चित्त दुख्ने गरी नै गरेको कुराप्रति दुःख व्यक्त गरे । ‘हाम्रो समाजका केही मानिसमा कोरोना संक्रमितप्रतिको सोच नै ज्यादै खराब छ’ उनले भने–‘बाँकी धेरैबाट माया र स्नेह नै पाए ।’

उनले अजित ठाकुर, नरेश चौधरी, दीपेन्द्र कुमार चौधरी, धिरेन्द्र प्रसाद साह, विद्यानन्द राम, मनोज माझी, सुजित बजाज, दिपेन्द्र चौधरी, रामनारायण मण्डल लगायतलाई सहानुभुति, स्नेह र सहयोगकालागि धन्यवाद समेत दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस