कोरोना भाइरसः भारतमा २४ घण्टामा ७५ हजार नयाँ संक्रमित थपिए

corona in india

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार भारतमा गएको २४ घण्टामा ७५ हजार ९ सय ९५ संक्रमित थपिएका हुन् ।

योसँगै संक्रमितको संख्या ३३ लाख ७ हजार ७ सय ४९ पुगेको छ । यसैगरी, संक्रमणबाट भारतमा एकैदिन १ हजार १७ जनाले ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार ६ सय २९ पुगेको जनाएको छ ।

हालसम्म २५ लाख २३ हजार ४ सय ४३ जना संक्रमित उपचारपछि निको भएका छन् भने ७ लाख २३ हजार ६ सय ७७ जना उपचाररत छन् ।

विश्वमा एकैदिन २ लाख संक्रमित थपिए

विश्वभर एकैदिन दुई लाख ७१ हजार बढीमा संक्रमण देखिएको छ । एकैदिन दुई लाख ७१ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सको तथ्यांकमा छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख २२ हजार ४ सय २६ पुगेको छ । यसैगरी, विश्वमा एकैदिन ६ हजार ३ सय १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । योसँगै संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख २८ हजार ८ सय ७८ पुगेको छ ।

हालसम्म संक्रमित एक करोड ६८ लाख ४९ हजार ३ सय ८८ जना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस