सप्तरीमा बुधवार २० जना कोरोना संक्रमित थपिए

राजविराज । सप्तरीमा बुधवार मात्रै २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमा हनुमाननगर कंकालिनी नगरपालिकाका १९ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

सो नगरपालिका वडा नम्वर १, २, १० र १२ का १९ जना तथा राजविराज नगरपालिका वडा नम्वर ४ का १ जना संक्रमित थपिएको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । योसँगै सप्तरीमा संक्रमितको संख्या ७५७ जना पुगेको छ ।

यसैगरी, बुधवार ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसहित हालसम्म कोरोना मुक्त हुनको संख्या ५४१ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस