निषेधाज्ञामा पनि चोरी भएपछि प्रहरीको आलोचना

राजविराज । कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सप्तरी प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञामा पनि जिल्लामा अपराधिक क्रियाकलाप भने रोकिएको छैन् । पछिल्लो बोदे बरसाईन नगरपालिका–५ बरसाईनको मुख्य बजारमै रहेको एक पसलमा चोरी भएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरमै बस्न भनिएको छ भने निषेधाज्ञा कार्यान्वयन गराउन जिल्लाभरि नै व्यापक प्रहरी परिचालन गरिएको छ । तरपनि अपराधिक क्रियाकलाप जारी नै रहँदा व्यापारीहरुले प्रहरीको आलोचना गर्न थालेको छ । गए राति ‘बिरेन्द्र किराना’पसलमा चोरी भएको हो ।

पसलको पछाडिबाट जस्ता हटाएर पसलमा पसेर चोरी गरेको स्थानीय सञ्चारकर्मी उमेशकुमार साहले जानकारी दिए । सञ्चालक विरेन्द्रकुमार साहलाई उदृद्ध गर्दै उनले दिएको जानकारी अनुसार पसलमा रहेका २५ हजार नगदसहित ४० हजारको रिचार्ज, ३० हजार रुपैयाँ बराबरको किरानाको सामानहरु चोरी भएको हो ।

उता, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यो पनि पढ्नुस्ः

निषेधाज्ञामा पनि रोकिएन तस्कारी, १७५ बोरा सेतो मटर बरामद

Author:



क्याटोगरी छान्‍नुहोस