बढ्दो कोरोना संक्रमणकै बेला सप्तरीमा भिटीएम अभाव

राजविराज । सप्तरीमा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव भएको छ । भिटीएम अभाव भएसँगै कोरोना भाइरस (कोभिड–१९) परीक्षणको लागि गरिने स्वाब संकलन कार्य प्रभावित हुने भएको छ ।

‘अहिले सप्तरीमा संक्रमण बढ्दो रहेकाले कन्ट्याक्ट ट्रेसिङ्गमा परेका, शंकास्पद र संक्रमित गरी दैनिक १५० देखि २०० भन्दाबढी व्यक्तिको परीक्षण हुँदै आएको छ’ स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले भने–‘तर, अब हामीसँग ३७० वटा मात्र भिटीएम उपलब्ध छ ।’

उनले उपलब्ध भिटीएम सकिएसँगै स्वाब संकलन कार्य पनि प्रभावित हुने बताए । ‘हामीले माग नगरेको पनि होइन्, प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रदेखि सम्वन्धित निकायसँग पटक पटक माग गर्दै आइरहेका छौं’ उनले भने–‘यद्यपी, अझैसम्म उपलब्ध गराइएको छैन्।’

सप्तरीमा अहिले संक्रमित बढदो रहेकाले कम्तिमा पनि ५ हजार भिटीएमको आवश्यकता पर्ने उनले मधेश लाइभलाई बताए । निमित्त कार्यालय प्रमुख यादवले आवश्यक पर्ने भिटीएम उपलब्ध गराइदिन् प्रदेश र संघ सरकारसँग आग्रह गरे ।

स्वास्थ्य कार्यालयले ११ हजार २११ र गजेन्द्रनारायण सिंह अस्पतालले १ हजार ८१५ गरी हालसम्म सप्तरीमा १३ हजार २६ जनाको स्वाब संकलन गरिएको कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस