राजविराज । भारततर्फ तस्करी गर्न डुङ्गामा लोड गरिएको १ सय ७५ बोरा सेतो मटर सप्तरी प्रहरीले बरामद गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ स्थित कोशी नदीको स्परछेउबाट सोमवार राति सो मटर बरामद गरिएको हो ।
उनका अनुसार प्रति बोरामा २५ किलो मटर छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा गरिएपनि तस्करी भने रोकिएको छैन् । नेपालबाट मदिरा, मटर, मरिचसहितका सरसमान भारततर्फ तथा भारतबाट रजनीगन्धा, गुटका, खैनी, तेल, चिनीसहितका समान आउने ओहरदोहर हुँदै आएको स्थानीयहरु बताउँछन् ।